सेन्छेनहाङ हरि हुक्पा चङबाङ, पिता मोहनसिं हुक्पा चङबाङ र माता तुम्बाहाङफे बिष्णुमाया हुक्पा चङबाङको कोखबाट वि.सं. २००७ साल साउन २७ गतेका दिन साविक जलजले-३ निगाले तेह्रथुम लिम्बुवानमा जन्मनु भएको हो । वहाँ एक श्रीमती योङहाङ चन्द्रमाया हुक्पा चङबाङ, तीन छोरा फुङओत्, सेन्त्ओत र लाओत्, बुहारी अनिता, रेश्मा र निमा, माङमा र माङमा सहित स-परिवार शिवसताक्षी नगर पालिका वडा नं. १० सैनिक बस्तीमा स्थायी बसोबास गर्दै आउनु भएको छ । लेखक तथा साहित्यकार चङ्बाङ किरात याक्थुङ चुम्लुङ सुब्बा(आङ्बुहाङ) स्मृति पुरस्कारबाट २०८० साल पुष १६ गते पुरस्कृत समेत हुनु भएको छ ।
वहाँका कृतिहरू :
१. थक्लारेन् ताराप्पो तगि पोमाल्ले २०४४ (लिम्बू भाषा खण्डकाव्य)
२. किरात ऐतिहासिक दर्पण (भाग १ ग्रन्थ) २०५१
३. वर्णमा फुलेका फूलहरू (कविता सङग्रह) २०७१
४. त्येअङसी सिरिजङगाको जीवनी एवम् इतिहासको केही झलक (ग्रन्थ २०७२)
५. लिम्बुवानको ऐतिहासिक घटनाका केही कुरा (२०७४)
६. संक्षिप्त हाक्पारे गीत २०७४
लगायत
दर्जनौं अप्रकाशित कृति, लेख रचना संग्रहित छन् ।
वहाँको चलचित्र क्षेत्रको योगदान
१. तुम्दङ फिल्म
(लिम्बू नेपाली द्वैभाषिक-२०५० फिल्म लेखन व्यवस्थापन)
२. लिम्बुवानको ऐतिहासिक परिचय-१
(वृत्तिचत्र २०५७ खोज अन्वेशन, लेखन निर्माण)
३. अङ्सिमाङ् आत्मानन्द स्वर्णजन्मोत्सव वृत्तचित्र फिल्म-२०६२ (लेखन निर्देशन)
४. माङसेबुङ वृत्तचित्र फिल्म-२०६९ (लेखन निर्देशन)
-लेखक किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष हुन् ।