पथरी । वडा कार्यालय पथरी शनिश्चरे वडा नं. १ मोरङले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत गलैचा वितरण गरेको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो ।
वडा अध्यक्ष भीम राईको अध्यक्षतामा कार्यक्रममा नगर उप प्रमुख देविमाया काफ्ले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती वि.क.ले शुभकामना मन्तव्य राखेका छन् ।


79 पटक हेरिएको 












