बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ ।
बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गरेका छन् ।
बिमोचन कार्यक्रममा सम्वोधन गर्नु हुदै प्रमुख अतिथि डा. कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने वताए। विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


119 पटक हेरिएको 








