पथरी । नेपाल मगर संघ पथरी शनिश्चरेले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व पथरीमा हिजो मनाएको छ ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने बताए । कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर मनोरन्जन प्रदान गरेका छन् । हुर्राले सम्पूर्ण दर्शक स्रोताहरूको ध्यान खिचेको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा मिठास थपेको थियो ।
सो कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीन कार्की, वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा सदस्यहरू विनयराज तिम्सिना, बिना परियार, दिलबहादुर मगर, नेपाल मगर संघ रंगेली नगर कमिटी अध्यक्ष प्रेम पिठाकोटे मगर, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


146 पटक हेरिएको 












