सिरिजङ्गाले माग्यो प्रदेश सरकारसङ्ग योजना  

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेले कोशी प्रदेश सरकारसङ्ग योजना माग गरेको छ ।

आज बन अध्यक्ष डम्बर चोङ्बाङ, वरिष्ठ उपाध्यक्ष  केशव कुरुम्बाङसहितको टोलीले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की,
भौतिक तथा पुर्बाधार मन्त्री कमल प्रसाद जबेगुसमक्ष भेटघाट गरि योजना माग गरेको हो । वनको लागि स्थायी डीपीआर र अन्य भौतिक पुर्बाधारको लागि प्रदेश सरकारसङ्ग योजना माग गरिएको समूहका अध्यक्ष डम्बर चोङ्बाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार