पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभाले के निर्णय पारित गर्‍यो ?

 101 पटक हेरिएको

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा माघ ५ गते सकिएको छ ।

नगर सभाले के के निर्णय गर्‍यो, त? सो बिषयमा जानकारी गराउन नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरेको छ । नगरका प्रवक्ता नवीन कार्कीले नगर सभाबाट पारित निर्णयहरूबारे जानकारी दिए । नगर प्रवक्ता नविन कार्कीले अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण गर्दै `नगर प्रहरी  ऐन २०८०´ र `साझेदारी सम्वन्धी ऐन २०८०´ पारित गरेको बताए ।
सोहि क्रममा नगरका लेखा समिति संयोजक भीमकुमार राईबाट लेखा सुपरीवेक्षण र न्यायिक समिति सदस्य पदम धिमालबाट न्यायिक समितिको प्रतिवेदन सहित अन्य केही महत्वपुर्ण निर्णयहरु पनि नगरसभाले पारित गरेको सुनाए । उनले प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिका लागि काम भइरहेको र सोका लागि १३ औं नगर सभाबाट ३ करोड ६१ लाख ९१ हजार रुपैयाँ विनियोजन गरि सकेको उल्लेख गरे। साथै, वडा नं ०८ को बुद्ध माविको भवन निर्माण कार्य सम्पन्न गर्न क्रमागत योजना अनुरुप १ करोड रूपैयाँ बराबरको बजेटबाट हाल निर्माण भैरहेको, बडा १० को मलामी खाजा घर निर्माणका लागि १ करोड रूपैयाँ, भातेगौडा पुलचोक सडकका लागि १ करोड रूपैयाँ र पथरी बजारमा टहरा निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएको जनाए ।फोहोरमैला व्यवस्थापन सम्बन्धी राखेको जिज्ञासामा नगर प्रमुख मोहन तुम्वापोले पथरीशनिश्चरे नगरपालिकाका छिमेकी उर्लावारी र लेटाङ्ग , कानेपोखरी जस्ता पालिकाहरूसित वैज्ञानिक फोहोरमैला व्यवस्थापनको लागि निरन्तर छलफल भैरहेको र पछिल्लो समयमा दमक नगरपालिकाले अभ्यास गरिरहेको फोहोरमैलालाई बायो- रिसाईग्रेसन र रिसाक्लिङ सम्बन्धमा आवश्यक अध्ययन गरी रहेको पनि बताए । पत्रकार सम्मेलनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्ष भीम कुमार राई समेतको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार