निरौला गाउँमा रुखले किचेर एकको मृत्यु

तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका ६ निरौला गाँउ बस्ने ५३ बर्षीय डिल्ली प्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाँउकोमा लागि गम्भिर घाईते भएका थिए । निरौलाको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा हिजो साढे २ बजे मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार