शनिश्चरे । `बा-आमाको भत्ता, बा-आमाकै हातमा´ अभियान अन्तर्गत पथरी शनिश्चरे नगरपालिका ४ नम्बर वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
वडा अध्यक्ष लोककिरण न्यौपानेले बैङ्क पुग्न असमर्थ हुने वडाका ४६ जनालाई घरमै पुगेर भत्ता प्रदान गरेको बताएका छन् । एक्सल डेभलपमेन्ट बेङ्कका प्रतिनिधिको उपस्थितिमा भएको भत्ता वितरण कार्यमा वडा सदस्यहरु उपेन्द्र कार्की, मिना बिक, भक्त रावत र कल्पना श्रेष्ठले सहजीकरण गरेका थिए । न्यौपाने नेतृत्वको वडा समिति निर्वाचित भएपछि कार्यालयले`बा-आमाको भत्ता, बा-आमाकै हातमा´अभियान सुरु गरेको थियो ।


92 पटक हेरिएको 








