बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका- ५ बरगाछी चोकमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ९ बजे कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको बा. प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको को. ३६ प २८८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक दुहबी नगरपालिका-९ सुनसरीका २५ बर्षीय नगेन चौधरी कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार १६ बर्षीय सोस्था चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक चालक चितवनका ४१ बर्षीय शेर बहादुर राई समेत घाईते भई उपचारको लागि बिराटनर्सिङ् होम तर्फ पठाईएको र घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


95 पटक हेरिएको 








