पथरी । मोरङको पथरी शनिश्चरे नगरपलिका-१ बाट प्रतिबन्धित औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीले झापाको पृथ्वी गाउँपालिका- ३ घर भई हाल पथरीशनिश्चरे- १ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल र डिकोलिक गरी जम्मा २ सय २० चक्की फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका- १२ रोडशेषबाट सुन्दरहरैचा- ७ का ३० बर्षीय अभिसेक चौधरीलाई ३ ग्राम गाँजा, DIAZEPAM, PHENARG, PROMOZINE र BUPRENOPHINE गरि जम्मा २९ एम्पुल औषधि सहित वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।


87 पटक हेरिएको 








