बिराटचोज(सुन्दरहरैचा)। प्याब्सन कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता मोरङको सुन्दरहरैँचा सम्पन्न भएको छ ।
बिहीबार प्याब्सन कोशी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा स्थानीय स्कुल सूबीजीमूर प्रथम भएको छ ।रेडस्टार मावि पथरी शनिश्चरे २ दोस्रो भयो । रेडस्टार माविका विद्यार्थीहरूले प्रस्तुत गरेको मौलिक “ मुन्डा“ नृत्य मोरङ जिल्लामा समेत दोस्रो स्थान हासिल गरी प्रदेश स्तरीय नृत्य प्रतियोगिताका लागि छनोट भएको थियो।
निजी तथा आवासीय संस्थागत विद्यालयहरुको छाता संगठन –प्याब्सन) का केन्द्रिय पूर्वअध्यक्ष टीकाराम पुरीको प्रमुख आतिथ्यता तथा प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा प्याब्सन अन्तर्गत कोशी प्रदेश भरिका जिल्लास्तरीय प्रतियोगिताबाट प्रथम र दोस्रो भएका विद्यालयहरुले प्रदेशस्तरीय नृत्य प्रतियोगितामा सहभागिता जनाएको प्याब्सन मोरङ सदस्य राजु तिम्सिनाले जानकारी दिए। रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाले कोशी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गर्दै फ्रष्ट रनरअप ( दोस्रो) बन्न सफल भएकोमा खुशी लागेको बताए ।


106 पटक हेरिएको 












