बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका- ३ दुध फारम मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
हिजो अपरान्ह साढे ५ बजे ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प. १२१५ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बुढिगंगा गाउँपालिका- १ की ६० बर्षीया धनमाया खतिवडालाई ठक्कर दिँएको थियो । ठक्करबाट घाईते भएकी खतिवडालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने मोटरसाईकल र चालक ईटहरी- ४ सुनसरीका ३० बर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


82 पटक हेरिएको 








