शनिश्चरे शिबिर । बीवाईसी बेलडाँगी छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
पथरी शनिश्चरे १० को प्रस्तावित नगर रंगशालामा हुने फाइनलमा आयोजक वाईएफसी र बीवाईसी बेलडाँगी आमुन्नेसामुन्ने हुदैछ । शुक्रबार भएको खेलमा बेलबारी एफ.सी. लाई २–१ गोल अन्तरले पराजित गर्दै बीवाईसी बेलडाँगीले फाइनलको यात्रा तय गरेको हो । हो भने आयोजक वाईएफसी पथरीले भारतकाे कञ्चनजंगा एफसी सिलगुढी विरूद्व २-१ को अन्तरले पराजित गर्दै उपाधिको दाबेदार बनेको हो ।
नेपाली मुलका भुटानी शरणर्थीहरुले आफनो प्रतिष्ठाको रुपमा खेलाउन सुरु गरिएको यस खेलमा कञ्चनजङ्घा फुटबल क्लब भारत, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरी सहित १० टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा विजेताले २ लाख १ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


121 पटक हेरिएको 








