पथरी । मुन्धुमी चुम्लुङ केन्द्रीय कार्य समितिको आयोजनामा मङ्लबार मोरङ्को पथरी शनिश्चरे ३ स्थित चोमालुङ चोकमा मुन्धुम साम्बाहरुको भेला भएको छ ।
चोमालुङ फम हाउसका संचालक रुकमान आङ्थुपोले सहजीकरण गरेको भेलामा मुन्धुम खाउनबाट सश्लेषण गरिएको मुन्धुम जीबन दर्शनको बारेमा मुन्धुमी चुम्लुङका सस्थापक तथा संरक्षक हाङसा पालुङवाले प्रवचन सुनाएका थिए । मुन्धुमी धर्मका अनुयायीहरु सहभागी भेलामा मुन्धुमी धर्मको धार्मिक दर्शन र मुन्धुम साम्बाको बारेमा छलफल गरिएको थियो । चुम्लुङका अध्यक्ष मौसम नेम्बाङको उपस्थितिमा भएको भेलाले पर्शुराम सिरेङ चोङ्बाङ र खडग फेम्बुलाई मुन्धुमसाबाको रुपमा घोषणा गरिएको थियो ।


157 पटक हेरिएको 








