झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ५ जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार दिउँसो साढे ३ बजे अर्जुनधारा नगरपालिका- ११ नयाँबसपार्क स्थित ३५ बर्षीय अप्सना भन्ने निसा खातुनलाई प्रहरी पक्राउ गर्यो । लुकाईछिपाई राखेको अवस्थामा ८ सय मिलिग्राम ब्राउनसुगर, गाँजा ७० ग्राम ५ सय मिलिग्राम र नगद ६ हजार ५ सय रुपैया फेला पारी खानुतलाई पक्राउ गरेको हो । सोही स्थानबाट २४ बर्षीय विशाल तामाङ र २४ बर्षीय विकाश आङदम्बेलाई समेत ७५० मिलिग्राम ब्राउनसुगर र नगद ३ हजार रुपैया सहित पक्राउ गरेको हो ।
प्रहरीले हल्दिबारीतर्फ जादै गरेको प्र.१-०१-०१५ प २६६६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटर चालक भद्रपुर-५ का २० बर्षीय रिवज मेचे र स्कुटरमा पछाडी सवार हल्दिबारी-३ का २१ बर्षीय जेम्स राईको साथबाट ESKUF DX लेखिएको १०० ml को २ बोतल, Nitrazepam र Spascore- ८९ ट्याबलेट नियन्त्रित औषधी र गाँजा १ प्याकेट फेला पारी पक्राउ गरेको हो ।


98 पटक हेरिएको 








