पथरी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले माेरङकाे पथरी शनिश्चरेमा चिचिरी, गेन्द्राे दिवस मनाउने भएको छ ।
“सँस्कृति, माैलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ चाैथाे चिचिरी, गेन्द्राे दिवस २०८० फागुन २६ गते शनिवार शान्ति सिमसारमा आयाेजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । धिमाल परिकार स्टलमा धिमाल जातिकाे माैलिक खानाहरु चिचिरी, गेन्द्राे, ताेले, चुदुर, पायाकाे बिहा, गाेरा, हाया लगायतका परिकारहरु पाईने विज्ञप्तिमा उल्लेख छ ।
करिब ५ लाख रुपैयाँ बजेट खर्च हुनेछ भने दुई हजार भन्दा बढि दर्शककाे सहभागीता रहने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा गायिका रचना रिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतकाे प्रस्तुति रहने समेत आयाेजकले जानकारी दिए । कार्यक्रममा पथरीशनिश्चरेका राजनीतिक दल, सामाजिक संघ/संस्था, शैक्षिक संस्था, उद्याेगी, व्यवसायी, पत्रकार लगायत सम्पुर्ण महानुभावहरुलाई सहयाेगकाे अपेक्षा गरेको केन्द्रको सह अध्यक्ष केदार धिमालकाे भनाइ छ ।
अघि झापाको दमकमा पहिलाे संस्करण, माेरङकाे उर्लाबारीमा दाेस्राे संस्करण र माेरङकाे बेलबारीमा तेस्राे संस्करण सफलता पुर्वक केन्द्रले सम्पन्न गरिसकेको छ ।
येस्तो छ बिज्ञप्ति



137 पटक हेरिएको 








