श्रीमतीको हत्याको अभियोगमा श्रीमान पक्राउ 

झापा । जिल्लाको बाह्रदशी गाँउपालिका- १ भागुडुब्बामा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय दब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न राजबंशीलाई इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार