याक्थुङ फक्ताङलुङ आइडलको बैशाख १ बाट अडिसन सुरु हुने

दमक । फक्ताङलुङ साँस्किृतिक मञ्चको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो । मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मूल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यसको लागि आवश्यक तयारी सुरु गरेको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको अडिसन २०८१ साल बैशाख १ गतेबाट सुरु हुनेछ । अडिसनको अवधि जेठ १ गतेसम्म एक महिनाको अवधि रहनेछ । अडिसनमा याक्थुङ भाषामा जुनै पनि गीत बिना ट्रायक गाएर वाट्सएप र मेलमा पठाउनु पर्ने हुन्छ ।

यसअघि सम्पन्न याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ १ को उपाधि रविकिरण मादेनले जितेका थिए भने सेकफुङ २ को उपाधि तिर्सना नेम्बाङले जितेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार