नयाँ वर्षमा शनिश्चरेमा सांस्कृतिक कार्यक्रम हुने

पथरी। नयाँ वर्षको पूर्वसंध्यामा मोरङको पथरी शनिश्चरे ९ स्थित शनिश्चरे बजार (हाट खोला)मा सांगीतिक कार्यक्रम हुने भएको छ ।

पिपल डाडाँ सामुदायिक क्लबको आयोजनामा चैत्र ३० गते साझ ७ बजेबाट विविध सांगीतिक कार्यक्रमसहित २०८१ साललाई भब्य स्वागत गरिने भएको हो । कार्यक्रममा युवा पुस्ताका गायक नन्दु गुरुङको मुख्य आकर्षण रहने छ । गुरुङले मुटु त ढुक ढुक, मन पराउछु भन्छे उसले, संग सैगै कान्छी गीतहरु पस्कने छन् । त्यस्तै गायक कुमार सिरिय, हास्य कलाकार होम बाहादुर कार्की, स्टार डान्स स्टुडियो लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतिहरु राख्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार