पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

शुक्रबार याक्थुङ युवा मञ्च झापाको आयोजनामा किरात भवन दमकमा सो अन्तरक्रिया कार्यक्रम  भएको हो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेन, पहिचानबादी युवा नेता मिलन रुम्दाली, राजनीतिकर्मी बिरेन्द्र याक्थुङ्बा, कवि प्रकाश लाबुङ, साहित्यकार जितेन पन्धाकलगायतले पहिचानको सवालमा युवाहरुको भूमिका विषयमा बोलेका थिए । कार्यक्रममा नयाँ सालको क्यालेन्डर समेत विमोचन गरिएको थियो । मञ्चका झापा अध्यक्ष देबीबहादुर निङ्लेकु(प्रताप)को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार