पथरी । मोरङको पथरी शनिश्चरे २ का लोकसागर साम्बाले बुद्धिचाल(चेसं) खेलमा प्रगति गरेका छन् । गत चैत्र २७ देखि ३० गतेसम्म भएको सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ मा चेसमा देशमै अब्बल मानिएको खेलाडीलाई पछि पारे। फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ प्रतियोगितामा देश, विदेशमा खेलेका १५० जना चर्चित खेलाडीहरु चारदिनसम्म भिडेका थिए ।
प्रतियोगिता ९ राउन्डको खेलमा पथरीशनिश्चरेका लोकसागर साम्बा अपराजित यात्रा तय गर्दै ८ अंक प्राप्त गरेर देशमै दोस्रो पुरस्कार जित्न सफल भएका हुन् । फष्ट रनरहुँदै साम्बाले नगद ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
लोकसागर साम्बाले प्रतियोगितामा प्रथम भएका राजेन्द्र राई र यही प्रतियोगिताको पहिलो संस्करण बिजेता सुश्रुत दाहालसँग मात्र बराबरी खेलेका थिए । क्लबका सचिब समेत रहेका साम्बाले २००१ रेटिङ भएका बुद्धिचाल खेलको क्याडिडेट मास्टर(सीएम) मिलन लामा, १९३८ रेटिङका बिष्णु सुब्बा, सुमन श्रेष्ठ, सुदिप लामा लगायतका देशकै चर्चित खेलाडीहरुलाई पराजित गरेका थिए ।
पथरीशनिश्चरे नगर खेलकुद बिकास समितिका सदस्यसमेत रहेका लोकसागर साम्बा यस अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा मोरङ जिल्ला च्याम्पियनहुँदै प्रदेशसम्म छनौट खेल खेलेका थिए । पथरीशनिश्चरे नगरले आयोजना गरेको नगर खेलकुद महोत्सवमा पुरस्कार जितेका थिए ।
फ्रेन्डसीप चेस क्लवको आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रुपेश जैसवाल, नबीन तन्डुकर, पुरुषोतम चौलागाई लगायत अन्तराष्ट्रिय खेल खेलेका खेलाडीहरु सहितको प्रतिष्पर्धामा देशमै दोस्रो पुरस्कार जितेर लोकसागर साम्बाले नयाँ रेकर्ड कायम गरेका हुन् । साम्बा बिभिन्न विद्यालयहरुमा बुद्धिचाल प्रशिक्षणसमेत दिदै आएका छन् । आगामी दिनमा बुद्धिचाल खेल बिकासको लागि अझ सक्रियहुने साम्बाले बताएका छन् ।


101 पटक हेरिएको 












