इटहरी । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरेकी छिन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले इटहरीमा आयोजनामा प्रदेशस्तरीय महिला पत्रकार भेलालाई सम्बोधन गर्ने क्रममा उनलेे सो कुरा बताएकी हुन् । `पहिचानको लागि बिकास गर्न संचार विधेयकले मद्दत गर्नेछ । पत्रकारको पहिचानको लागि यो संचार विधेयकले मद्दत गर्नेछ ।´ उनले थपिन्, `यो विधेयक चाडै नै टेबुल हुनेछ । संचार विधेयकले मात्रै समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने र यो विधेयकले पत्रकार कल्याण कोषको व्यवस्था गरेको छ । महिला पत्रकारहरुको लागि कोष ढुङगा साबित हुनेछ।´ पहिचानबादी महिलाहरुलाई समानुपातिक समाबेसी ढंगले संचारका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन राज्यको दायित्व रहेकोे बताउदै उनले प्रदेश सरकारले पनि सो कुरामा काम गरिरहेको जानकारी गराइन । राज्य मन्त्री गुरुङले पत्रकारहरुलाई अनुरोध गर्दै भनिन्, `पत्रकारहरुले नडराइकन सत्यतथ्य घटनाहरुलाई छर्लङ्ग पार्नुपर्छ । मिडियाले गर्दा धेरै ठाउँमा नराम्रो असर परिरहेको छ। सदन, मन्त्रालय र सरकारमा उठेका राम्रा राम्रा कुराहरू लेख्नुहोस । नराम्रो कुराहरू छ भने सरकारलाई घचघचाउनुहोस।तपाईंहरुलाई छुट छ।´ कार्यक्रममा फोनिजका प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश सल्लाहकार निलिफा सुब्बा, प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासङघका प्रदेश कार्यबाहक अध्यक्ष लभदेभ ढुंगाना लगायतले सम्बोधन गरेका थिए


131 पटक हेरिएको 












