दमकका युवा विद्यार्थीहरु च्याब्रुङ नाच्न सिक्दै

दमक । ‘अस्तित्वसँगै संस्कृतिको उत्थान, मौलिकता जोगाउनको निम्ति के:लाङ प्रशिक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बिहिबारबाट के:लाङ(च्याब्रुङ नाच) प्रशिक्षण सुरु भएको छ ।

झापाको दमक स्थित किरात भवनमा याक्थुङ युुवा मञ्च दमक नगर कार्यसमिति र लिम्बू बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिको संयुक्त आयोजनामा के:लाङ प्रशिक्षण सुरु भएको हो । नि:शुल्करुपमा आयोजना गरिएको के:लाङ प्रशिक्षण बैशाक २१ गतेसम्म दिनको ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो दिन ६८ जनाको सहभागिता रहेको के:लाङ प्रशिक्षणमा प्रशिक्षकको भुमिका दिलिप माखिमले निर्वाह गर्ने युवा मञ्चका नगर अध्यक्ष ताङ्साङ याक्थुङ्बाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार