तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
हिजो राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ बर्षिय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका बालकको उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


81 पटक हेरिएको 








