आगो निभाउने क्रममा मृत्यु

खोटाङ। जिल्लाको रावाबेशी गाउँपालिका-१ हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर ८५ बर्षीय बृद्धको मृत्यु भएको छ ।

बुधवार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अचानक आफैलाई आगोले पोल्दा स्थानीय ८५ बर्षीय सिद्धी बहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार