१) अध्यक्ष रनधोज सिरेङ चोङबाङ,
२) वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद सौदेन
३) उपाध्यक्ष लोकबहादुर सौदेन,
४) सचिव भीमसेन लिङदम
५) सहसचिव योबाहाङ लिम्बू,
६) कोषाध्यक्ष यामबहादुर लिम्बू ।
७) प्रवक्ता पदम चेन्जी माबो
सदस्यहरूः
८) सुरेस मादेन, ताप्लेजुङ
९) जसबहादुर चेम्जोङ, ताप्लेजुङ
१०) राजेन्द्र अन्छङबो, ताप्लेजुङ
११) सूर्य योङहाङ, पान्थर
१२) डिल्ली सिगु, पान्थर
१३) बिरेन जबेगु, पान्थर
१४) आइतमाया सेर्मा, झापा
१५) टेकमान सुब्बा, मोरङ
१६) देउकुमार लिम्बू, मोरङ
१७) केसरसिङ लिम्बू, मोरङ
१८) चन्द्रा फागो, मोरङ
१९) कुलमाया सम्बाहाङफे, इटहरी
२०) विशाल साँवा, झापा
२१) हिमाल कुरुम्बाङ, पान्थर
क. पृथिवी, प्रकृति (हिमाल, पहाड, जलस्रोत, वनस्पति, जीवजन्तु आदि)को संरक्षणको लागि जनचेतनामुलक कार्यहरु गर्ने ।
ख. श्रुति परम्परामा आधारित ‘याक्थुङ साम्जिक मुन्धुम’ को सामाजिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, भाषिक र मुन्धुमी महत्वलाई विशेष प्राथमिकता दिई अध्ययन, अनुसन्धान तथा प्रकाशनका कार्यहरू गर्ने ।
ग. याक्थुङ मुन्धुमलाई मौखिक रुपमा बचाएर ल्याउने तुतु तुम्याहाङ, याक्ला सुहाङमा, फेदाङ्मा, साम्बा, येबा÷येमा र युमा थुक्माहरूको संरक्षण, प्रोत्साहन र पेशागत निरन्तरतामा मद्दत पुग्ने कार्यहरु गर्ने ।
घ. मुन्धुम विद्यालय–विश्वविद्यालय सञ्चालनको लागि कार्यहरु गर्ने ।
ङ. याक्थुङ भाषा, सिरिजंगा लिपिको संरक्षणको लागि औपचारिक–अनौपचारिक कक्षाहरु सञ्चालन गर्ने ।
च. मुन्धुमी स्थलहरूको संरक्षणमुलक कार्यहरु गरी साँस्कृतिक पर्यटनको विकास गर्ने ।
छ. युमा साम्योको पुनरुत्थान र संरक्षणको लागि उचित कार्यहरू गर्ने ।
ज. याक्थुङ जातिको रीतिरिवाज, संस्कार, संस्कृति, पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणको लागि गरिने कार्यहरूको प्रचारप्रसार सञ्चार माध्यमबाट गर्ने ।
झ. धार्मिक–साँस्कृतिक पीठ÷स्थलहरूमा सङग्रहालय सहितको युमा साङभे हिम निर्माण अभियान अघि बढाउने ।
ञ. विभिन्न जिल्ला, नगर÷गाउँ÷वडा पालिका, टोल, चोकहरूमा नाहेनसिङ र याग्राङसिङ स्थापना गर्ने ।
ट. सार्वजनिक स्थलहरुमा धार्मिक आस्था प्रकट गर्न यागेसिङ, याग्राङसिङ, साङभेहिम, नाहेनसिङ स्थापना गर्ने ।
ठ. समुदायलाई जनगणना लगायत सरकारी तथा गैर सरकारी कागजातहरूमा युमाधर्म लेख्न–लेखाउन उत्प्रेरित
गराउने ।
ड. लुङगाम्मा, सिङगाम्मा, थाक्थाक्मा, खिलोम्मा आदि सीपहरुको संरक्षण र विकास गर्ने ।
ढ. माङ्गेन्ना यकहरूलाई तिर्थस्थलको रूपमा विकास गर्ने ।
ण. याक्थुङ लोककला तथा लोकसाहित्यहरुको संरक्षण गर्ने ।
त. परम्परागत– कृषि औजारहरु, तानका सामग्रीहरू, हातहतियारहरु, गरगहनाहरु, यासामाहरु, पहिरनहरु, तङसिङ, एक्को साङभेका सामग्रीहरु आदिको संरक्षण, उत्पादन र बिक्रीवितरण गर्ने ।
के के संस्थागत मान्यता रहेको छ त?
क. चाडपर्वहरू – याक्वाथाम्मा युमा खःमा (उभौली पूजा), चासोक थिसोक (उधौली पूजा), फुङसोक, सिसेक्वा ।
ख. युमा साम्योको धार्मिक प्रतिक चिन्ह (मिक्सेन) – मुक्तो सहितको सिलाम साक्मा ।
ग. राष्ट्रिय फूल – सेक्मुरी फुङ ।
घ. राष्ट्रिय चरो – साम्दाङवा पु (डाँफे) ।
ङ. राष्ट्रिय खेल – पक्लुङ लेप्मा ।


209 पटक हेरिएको 








