पथरी । पथरी शनिश्चरे वडा नं. १ ले समाज र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तिहरुलाई वडा सम्पदाको रुपमा सम्मान कार्यक्रम २०८१ गरेको छ ।
आज वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा वडाका २२ जनालाई नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि मोहन प्रसाद तुम्वापोले सम्मान व्यक्त गरेका हुन्।
वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा भएको सो कार्यक्रममा सम्मानित हुनेहरू पत्रकारत्रय अर्जुन जम्नेली राई, गोपाल काफ्ले, भूमि प्रसाद पाठक, प्रा.डा. उपकुलपति भूपेन्द्र कुमार बस्नेत, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, निवर्तमान उप–प्रमुख यमुना बिष्ट, पूर्व प्रदेश सांसद कृष्णकुमारी राई, शंकराचार्य श्री श्री श्री हेमानन्द गिरी, पूर्व गाविस अध्यक्ष स्व. तिलक राईको धर्मपत्नी विष्णुकमारी राई, बसन्तकुमारी राई, टेकबहादुर बिष्ट, मान प्रसाद लिम्बु, सरोजा खड्गी, पूर्व राष्ट्रिय खेलाडी दिपक राई, दिपा न्यौपाने, समाजसेवी वीर बहादुर बस्नेत लगायत २२ जना रहेका छन् । सम्मानित हुनेहरुको तर्फबाट प्रा.डा. भूपेन्द्र कुमार बस्नेत र शंकराचार्य श्री श्री श्री हेमानन्द गिरीले आ–आफ्ना कुरा राखेका छन्।



89 पटक हेरिएको 








