ढिस्कोले पुरिएर बालकको मृत्यु

मोरङ । जिल्लाको बुढीगंगा गाउँपालिका-६ मा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको हो । अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार