पथरीमा सडक दुर्घटना एकको मृत्यु

पथरी । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका-१ मा प्रदेश१-०२-०४३ प ७२५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना हुदा एकको मृत्यु भएको छ ।

मोटरसाईकल चालक लेटाङका २५ बर्षीय दिपेश राई र पछाडि सवार उनकै श्रीमती २१ बर्षीया ललिता राई मगर घाईते भएका थिए । उपचारको लागि मदन भन्डारी अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा चालक राईको मृत्यु भएको हो भने श्रीमती मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै हिजो दिउँसो साढे २ बजे केराबारी गाउँपालिका-५ मा धरानबाट केराबारीतर्फ आउदै गरेको बा. ११ च २९२८ नम्बरको पिकअप भेनले विपरित दिशा तर्फ जादै गरेको प्रदेश १-०२-००२ ह ९२४४ नम्बरको अटोलाई ठक्कर दिइ दुर्घटना भएको छ। घटना बाट अटो चालक केराबारी-६ का ४५ बर्षीय मेख बहादुर मगरको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको थियो । दुर्घटना परी घाईते भएका अटोमा सवार ६० बर्षीय हरिमाया मगर, धरान-११ की ३० बर्षीया सिता मगर, १० बर्षीया प्रशुना मगर र ७ बर्षीय एग्रिल मगरको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न ठक्कर दिने भेन चालक बुढीगंगा गाउँपालिका-२ का ३२ बर्षीय शिब कुमार ऋषिदेवलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार