पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथाना संरक्षण गर्न स्थानीयबासी जुटेका छन् ।
मुन्धुमी पाङवादेन सावा हाङजङको थोक फेक्ला पाङफेमा रहेको देबी थानलाई चुक्मा मुकुमलुङ माङथाना मुन्धुमी नामाकरण गरेसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । गाउलेहरुको आर्थिक, भौतिक र श्रम दान सहयोग मिलेपछि गत वैशाख २३ गते देखि माङथाना पुनः निमार्णमा जुटेको माङ्थानाका सचिव सुन्दर योङहाङले बताएका छन्। ‘कसैले ढुङ्गा,बालुवा,इट्टा,सिमेन्ट र कसैले आर्थिक, सहयोग प्राप्त भएको छ’ सचिव योङहाङले भने ‘वैसाख २७ गतेदेखि दैनिक १०-१५जनाले श्रमदान गरिरहनु भएको छ ।’ गत बैसाख ११ गते सन्तकुमार फियाकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
वि.सं २०३६ सालमा माङ्थाना अस्तित्व मा आए पनि स्थानीयहरुले वि.सं. २०५२ सालदेखि सो स्थानमा वार्षिक रूपमा पुजाआजा गर्दै आएका छन्। यसपटक जेठ १० गते पुजा गर्ने कार्यक्रम रहेको र सोही बेला हर हिसाव सार्वजनिक गर्ने बताइएको छ। माङ्थानाका अध्यक्ष फियाकले थप आर्थिक सहयोग जुटेमा चारैतिर घेराबरा लगाइ पुजा स्थलमा जस्तासहितको संरचना बनाउने लक्ष्य रहेको सुनाउछ । बैसाखे पुर्णिमाको दिन २८ घर परिवारले पुजाआजा गर्दै आएको माङ थाना पुनः निर्माण पछि जुनसुकै वेला पुजा गर्न सकिने खालको बनाउने समितिको योजना छ। अध्यक्ष फियाकले ४ धुर र सरिता फिपाकले तीन धुर जग्गा उपलब्ध गराएको माङथानालाई न वडा कार्यालय न नगरपालिकाले सहयोग गरेको छ। स्थानीय सरकार र स्थानीयबासीहरुबाट थप सहयोग मिलेमा आकर्षक मुकुमलुङ माङथाना बन्नेमा कुनै शंका छैन ।


169 पटक हेरिएको 












