विराटनगर। मोरङको बुढीगंगा-३ बाट मुर्ती चोरी गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार राती सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोक स्थित दुर्गा मन्दिरबाट स्थानीय २२ बर्षीय आशिस राजवंशीले मार्बलले बनेको भगवान गणेश र हनुमानको मुर्ती चोरी गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । मुर्ती सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


86 पटक हेरिएको 








