पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
आइतवार पथरी शनिश्चरे वडा नं. ७ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । घर झगडा, सिमा विवाद, वहुविवाह, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागूऔषध लगायतको विषयहरुमा पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिएका थिए ।


68 पटक हेरिएको 








