पथरी । ‘पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखा ले तीन दिने स्तरोन्नतिका लागि अचार बनाउने तालिम सुरु भएकोछ।
वडा नं. ७ को सम्झना चौकमा आज उप–प्रमुख देविमाया काफ्ले सो तालिमको उद्घाटन गरेकी थिइन् । वडाध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्यद्वय सपना राई, मणिकुमार लिम्बुको उपस्थिति रहेको थियो । वडाका पुराना लघु उद्यमीहरूलाई समेटेर स्तरोन्नतिको लागि तालिम दिइएको जनाइएको छ । सो तालिमको प्रशिक्षक खाद्य प्रशिक्षण अधिकृत दृश्य ढकालले गर्नेछ।


60 पटक हेरिएको 




