घरान । गायिका दुर्गा तुम्सा संयकको पा:लाम ‘चौबिसे मेन्छिन्’ काे भिडियो छायांकन सम्पन्न भएको छ ।
शान्ता केरुङकाे शब्द, राजु कार्कीको सङ्गीत सम्योजन, दुर्गा तुम्साकाे लय संकलन रहेकाे पा:लाममा विवश नेम्वाङले स्वरमा साथ दिएका छन् । निर्देशक हाङ चेम्जोङकाे निर्देशनमा भएको भिडियोकाे छायांकन शिर कुमार राई र दिनेश राईले गरेका छन् । श्रङ्गारमा महेश सिग्देल र भेषभूषामा चाैबिसे सङ्यक ढाका उद्योग रहेका छन् ।कलाकारहरूमा दुर्गा तुम्सा, वीर बहादुर वजी, अमित थेबे, आकाश लाओती, दिपेन्द्र राई, सुरेन हाङ्गाम, सुमन खेवा, यमुना सङ्यक, स्मृति चेम्जोङ, फुल कुमारी तुम्सा, चन्द्र तुम्सा, रेणु सम्बाहाङ्फे रहेका छन् ।


159 पटक हेरिएको 








