ड्राइभिङ तथा प्रस्तावना बैठक माइन्यूट लेखन तालिम सुरु

पथरी । ड्राइभिङ (३० दिने) तथा प्रस्तावना बैठक माइन्यूट लेखन तालिम (५ दिने) मोरङको पथरी शनिश्चरेमा आजवाट सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चालित तालिम नगर उप–प्रमुख देविमाया काफ्लेले उद्घाटन गरिन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजनामा तालिम सुरु भएको हो । महासंघका नगर अध्यक्ष देवेन्द्र वनेमको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई र किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले शुभकामना मन्तव्य राखेका छन् ।
लेखन तालिमको प्रशिक्षण काजीमान तामाङ थिङले गर्नेछन ।नगरका आदिवासी जनजातिका संघ संस्थाहरुबाट २० जनाले ड्राइ भिङ र ५० जनाले लेखन तालिम लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार