पथरी । जनकल्याण आधारभुत विद्यालय पथरी शनिश्चरे ४ का अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोष स्थापनाका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको प्रमुख आतिथ्यता मा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरे तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गुरुङलाई पथरी जेसिजका अध्यक्ष राजकुमार विश्वकर्माले रकम हस्तान्तरण गरेका हुन् । पथरी जेसिजका अध्यक्ष राजकुमार विश्वकर्माले अक्षयकोषको ब्याजबाट हरेक वर्ष अति गरिब तथा विपन्न वर्गका छात्र छात्राहरूलाई आवश्यक कपी, किताव, लत्ता कपडा लगायतका सामग्रीहरू खरिद गरी प्रदान गर्ने उद्देश्यले विद्यालय प्रशासनलाई रकम हस्तान्तरण गरिएको बताए ।
गत फागुन महिनामा होली मिलन कार्यक्रमका अवसरमा टिसर्ट बिक्री गरी प्राप्त भएको सो रकमलाई हस्तान्तरण गरिएको थियो। सो कार्यक्रममा पथरी जेसीजकी महासचिव निर्मला भट्टराई, उपाध्यक्ष हिमाल सेन्चुरी, सचिव अमर नेपाली ,कोषाध्यक्ष पूजा थापा , लगायत जेसिज पदाधिकारी, शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


121 पटक हेरिएको 








