सकियो परियोजना प्रस्ताव लेखन तालिम

पथरी । आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको पाँच दिने प्रस्ताव लेखन तालिम आइतबार समापन भएको छ ।

तालिममा काजिमान थिङले सहजिकरण गरेका थिए ।सहभागीहरुलाई नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा किरात राई यायोक्खा संघीय उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार