कीर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ कीर्तिपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको योजना तथा कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराए। त्यसपश्चात् नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरू सहित हाकाहाकी बहस गरिएको थियो । नागरिकहरूबाट प्राप्त भएका गुनासोहरूको विषयमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, कर्मचारी लुकनाथ पोखरेल र गिता कट्टेलले जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार