बेलबारी । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर कमिटी पुनर्गठन गरिएको छ।
शनिबार रुपान्तरण तथा पुनर्गठन कार्यक्रम मार्फत् मगरको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको जसपा मोरङ जिल्ला सदस्य कमल गुरुङले जानकारी दिए । समितिको उपाध्यक्षमा लिला राई र सन्तोष तामाङ चयन भएका छ्न् भने सचिवमा शिवकुमार राई, सहसचीवमा शशी राई र नवीन चौधरी र कोषाध्यक्षमा बासुदेव राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपा राई, हरिनारायण कलावर, भरत राई लगायत रहेका छ्न् ।


91 पटक हेरिएको 








