माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु,

मोरङ । जिल्लाको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन । २जना वेपत्ता भएका छन् ।

हिजो दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई खोला किनारमा मृत अवस्थामा फेला पारेको हो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ । बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानीय प्रहरीद्वारा खोजी कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार