विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको धनपालथान गाउँपालिका-७ स्थित गोठ बाट खानतलासी गर्दा ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम गाँजा बरामद गरेको हो । लागु औषध गाँजा बरामद भए संगै गोठ धनी राज कुमार सिंह समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसै गरी सोही दिन बेलुका सुनसरीको देवानगंज गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज र हरीनगराबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा देवानगंज-२ का २४ बर्षीय रणधिर यादव र भारत बिहार सुपौलका २९ बर्षीय सुनिल कुमार यादवलाई २१ किलो २०० ग्राम गाँजा र १ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।


76 पटक हेरिएको 








