बिराटनगर, । मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेको थियो । उपचारको लागि मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको हो ।
यसै गरी रामधुनी-८ काली झोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेला परेको थियो । उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेका थिए ।


89 पटक हेरिएको 








