विराटचोक । जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका वाड नं.९ बस्ने वर्ष अन्दाजी ४९ का सहदेव बजगाईको हत्या गरेको आरोपमा दम्पत्ती प्रकाउ परेका छन् ।
जिल्ला मोरङ उर्लाबारी- ४ हाटखोलाका वर्ष ३६ का छिरिङ भन्ने सुनिल तामाङ र निजको श्रीमती वर्ष ३३ की प्रनिसा पाँचकोटीलाई पक्राउ परेका हुन् । उनीहरु बजगाईंको फर्ममा काम गर्ने गर्दथे। असार २६ गते राती अन्दाजी १०:३० बजेको समयमा निजहरूले सहदेब बजगाईको टाउको र शरिरको अन्य भागहरुमा बन्चरो र फलामको दाउ प्रहार गरी मारी फरार भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीलको भनाई छ । कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


72 पटक हेरिएको 








