एकै दिनमा करेन्ट लागेर ३ जनाको मृत्यु

विरानटगर । उदयपुर र झापाको ३ छुट्टा छुट्टै स्थानमा करेन्ट लाग्दा हिजो ३ जनाले ज्यान गुमाएका छन् ।

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ बर्षीय राजीव कुमार मगर आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पंखा जोड्ने क्रममा करेन्ट लागि घाईते भएका पाँचथर घर भई झापाको मेचिनगर नगरपालिका-१२ स्थितमा बस्दै आएका ३० बर्षीय सन्दिप तुम्बाम्पोको वी एण्ड सी अस्पताल बिर्तामोडमा उपचाको क्रममा मृत्यु भएको हो । त्यस्तै कचनकवल गाउँपालिका-४ केचनाका ललन साहको १५ बर्षीय छोरा बिशाल साहलाई घरको बराण्डामा रहेको टिनको छानो छुदा करेन्ट लागेको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानी पुऱ्याउन साथ मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार