‘रिटिङ रिटिङ . . . ‘ गीतका लोक गायक एलपी जोशी रहेनन्

पथरी । दमक १ फाल्गुनन्द चोक झापा निवासी लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहिबार साझ निधन भएको छ ।

केही समययता शारीरिक रूपमा कमजोर बन्दै जानू भएका जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लोपटक साउन ६ गते  सुरभि कला केन्द्र दमकद्वारा सम्मानीत जोशीको ६६ वर्ष अघि रेकर्ड भएको ‘रिटिङ रिटिङ . . . ‘ लगायत गीत चर्चित छ। सो गीत लोचन भट्टराईसग  गाएका थिए । ‘ वल्लो खोलो . . . ‘ ,  ‘खिपिमा खिपि . . . ‘ , ‘उकाली ज्यान . . . ‘ , जति खायो ,  ‘ निगालो घारी . . . ‘ जस्ता गीत गाएका जोशी आफै गीतको रचना तथा संगीत सिर्जना गर्दथे। कालजयी गीतका लोकगायक जोशीको निधनमा देश विदेशका सर्जकहरूले श्रद्धाञ्जली अर्पण गर्दै दु:ख व्यक्त गरेका छ्न । चित्रकला, नृत्य कला, नाटक र केही चलचित्र समेतमा योगदान दिएका उनको गीत कविताको एउटा पुस्तक समेत प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार