विराटनगरमा ३० औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउदै

विराटनगर । प्रदेश राजधानी विराटनगरमा १८ वटा जातीय सस्थाहरुले ३० औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् मा आबद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकले झाँकी, बृहत र्याली सहित सास्कृतिक कार्यक्रम गर्ने निर्णय भएको हो।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् विराटनगरको आयोजनामा निर्णय अनुसार साउन २६ गते कार्यक्रम हुनेछ । दिवस कै अवसरमा नगरभित्रका १८ वटा जातीय संस्थाका पदाधिकारी तथा अगुवाहरुको उपस्थितिमा विराटनगरको महेन्द्र चौकमा साउन २५ गते शुक्रबार साँझ ६ः ३० बजे दीप प्रज्वलन गर्ने जनाइएको छ । साउन २६ गते विहान १० बजे शनिबार विराटनगर महानगरपालीका स्थित मारवडी सेवा सदनमा भेला भई बृहत र्यालीले नगर परिक्रममा गरी विराटनगर ११ स्थिती होटल संगम पार्टी प्यालेसमा रक्तदान, झांकी प्रदर्शनी – सास्कृतिक कार्यक्रम तथा शुभकामना शुभकामना आदान प्रदान कार्यक्रमहरु रहेको  महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेससिंह गनगाइले जानकारी दिए ।
‘‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र , संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानिय तहको सरकारी काम काजको भाषामा आदिवासी जनजातीको भाषा लागु गर ’’ भन्ने मूल नारा सहित यस पटक विश्व आदिवासी जनजाति दिवस मनाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार