फोनिज मोरङले वृक्षारोपण गरी रजत वर्ष मनायो

पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत बर्ष मनाएको छ ।
आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज मोरङले पशुपति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे १० को वन क्षेत्रमा विभिन्न प्रजातिको विरुवा रोपेको हो ।
फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा फोनिज संघीय अनुशासन आयोगका संयोजक अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यतामा भएको हो ।फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको राईले बताए । राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंश उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए । एक अर्को प्रसंगमा राईले राजनीतिक पार्टीहरु विचार, दर्शन, सिद्धान्तलाई तिलान्जली दिएर भ्रष्ट्राचारको दलदलमा फस्दै गएको, पद र पैसाको लागि जे पनि गर्नुपर्ने शन्देस प्रबाह गरिरहेको आरोप लगाउदै जनता सचेत बन्नु पर्ने बताएका छन्। राईले प्रदेश नं. १ को नाम कोशी खारेजी गरेर पहिचानको  पुन नामकरण गरिए मात्र शान्ति कायम हुने दाबी गरे ।
कार्यक्रममा प्रमुख अतिथि जम्नेली, नेपाल पत्रकार महासंघ मोरङ जिल्ला का कार्यबाहक अध्यक्ष मोहन भट्टराई, फोनिज प्रदेश समिति का सल्लाहकार फिपराज बेघा, पशुपति समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर शाही लगायतले शुभकामना दिएका थिए ।
आयोजक समितिका सचिव अनिल श्रेष्ठद्वारा सञ्चालन भएको कार्यक्रम उपाध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
शुभकामना आदानप्रदान पछि उपस्थित पत्रकारहरु तथा पशुपति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष बालकुमार मगर लगायतको सहभागितामा वृक्षारोपण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार