पथरी । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ती व्यक्तिहरु पक्राउ परेका हुन् । मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडि सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो । नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका-३ रामपुर ठोक्सिला स्थित रहेको गिदेरी खोला बगरमा सोही स्थान बस्ने ४८ बर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका-६ का ५६ बर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरीका ५५ बर्षीय उमेश प्रसाद चौधरीले बा. ८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाईकलमा ३ के जी ७१२ ग्राम सालकको खपेटा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको प्रहरीले जनाएको छ ।


165 पटक हेरिएको 












