‘एक थर, एक बिरुवा’ अभियान सुरू

सिरिजंगा चौक । मुन्धुमी चुम्लुङ पथरी शनिश्चरे ३ ले आजदेखि आम्बे लेम्मा (आप रोप्नु ) कार्यक्रम सुरु गरेको छ ।

मुन्धुम मान्ने समुदायहरुले ‘एक थर, एक बिरुवा’ अन्तर्गत आपको बिरुवा रोपेर चुम्लुडले अभियान सुरु गरेको हो । पालुङ्वा, सेर्मा, तुम्बापो, आङ्बो, केरुङ, आङ्देम्बे र फागो गरि सात थरीले सात ओटा आपको बिरुवा येले मेला परिषरमा रोपेका हुन् । आम्बे लेम्मा कार्यक्रम एक बर्ष चल्ने र मुन्धुम मान्ने थरले एउटा आपको बिरुवा रोप्न पाउने गरि यो कार्यक्रम सुरू गरिएको चुम्लुङका अध्यक्ष मौसम परिवर्तन याक्थुङ्बाले बताए । यस अघि चुम्लुङले गत साउन ३० गते ३ सय बढी विरुवा रोपेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार