मुन्धुमी राउन्डका लागि विजेता सुनुवारद्वारा भोटको अपिल

पथरी। याक्थुङ स्टार सिजन २ को टप १२ सहभागी बिजेता सुनुवारले मन जितिरहेकी छिन । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतिलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको च्वाइसमा परिरहेकी हुन्। याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् ।

‘याक्थुङ भाषा/लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान ‘ भन्ने नाराका साथ अमर कृति म्युजिक प्रा.लि.को आयोजनामा याक्थुङ स्टार सिजन २ सुरु गरिएको हो । आयोजकले प्रतियोगिताको मुन्धुमी राउन्ड सिकिम गेजिङ जिल्ला सामुहिक भवनमा गर्ने भएको याक्थुङ स्टार सिजन २ को सल्लाहकार आइतहाङ चङ्वाबोले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ४ लाख नगद (एक एक लाख बाराबरको सुनको सिक्री )सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् भने द्वितीय हुनेले नगद २ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल तथा तृतीय हुनेले नगद १ लाख ५० हजार सहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ। याक्थुङ स्टार सिजन २ मा निर्णायक मण्डलमा सन्चमान ताम्लिङ, प्रमोद मावो (लिम्बू), सुनिता सङ्योक लिम्बु रहेका छन् ।

गत वर्ष सम्पन्न याक्थुङ स्टार सिजन १ मा अन्जना नाल्बोले जितेकी थिइन् । सिजन १ सफलतापछि पुन सिजन २ सुरु गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार